सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्माता सरोज न्यौपाने र निर्देशक सुयोग गुरुङको सहकार्यमा चलचित्र ‘घोस्टेल’ को निर्माण घोषणा भएको छ । बुधवार निर्माण कम्पनिले थीम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणबारे जानकारी गराएका छन् । सार्वजनिक गरिएको पोस्टरमा ‘जब त्रासले हाँसो भेट्छ’ लेखिएको छ, जसले चलचित्र हरर कमेडी जनरामा बन्न लागेको जनाउछ ।
चलचित्रको कथा सुयोग गुरुङले लेखेका छन् । चलचित्रलाई सुरज सुनुवारले निर्देशन गर्दैछन । ‘षडङ्ग’ फेम्ड निर्देशक सुनुवारको पछिल्लो चलचित्र ‘खजुरे ब्रो’ गत वर्ष प्रदर्शनमा आएको थियो । ‘घोस्टेल’ सुनुवारको तेस्रो निर्देशकीय चलचित्र हुनेछ ।
त्यसैगरी निर्देशक सुयोग गुरुङको चलचित्र ‘जेरी अन टप’ आगामी तिहारमा प्रदर्शनमा आउँदैछ, चलचित्र ‘जेरी अन टप’को प्रदर्शनपछि ‘घोस्टेल’ को छायांकन शुरु हुने निर्माण पक्षले जनाएको छ ।
अनन्या फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्र ‘घोस्टेल’ सन् २०२६ मा प्रदर्शनमा ल्याउने भनिएको छ साथै चलचित्रको कास्ट एण्ड क्रूबारे निर्माण टिमले अहिले जानकारी गराएका छैनन् ।
प्रतिक्रिया