सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, मुम्बई–  आइतबार दिउँसो जुहू स्थित सोहो हाउसमा भारतीय चलचित्र उद्योगका धेरै प्रसिद्ध फिल्म स्टारहरू भेला भए। बलिउड प्रख्यात अभिनेत्री मनीषा कोइरालाको जन्मदिन मनाउने कार्यक्रम थियो। कोइराला आफ्ना बुबा प्रकाश कोइराला र आमा सुष्मा कोइरालासँगै नजिकका परिवार र साथीभाइसँग त्यहाँ थिइन्।

कोइरालाका सहकर्मीहरू, प्रसिद्ध अभिनेता ज्याकी श्राफ, गुलशन ग्रोवर, दिव्या दत्ता, दिप्ती नवल, निर्देशक राकेश ओमप्रकाश मेहरा,प्रशिद्ध सिनेपत्रकार मिना अय्यर,निर्माता केतन देशाई लगायत चलचित्र उद्योगका कलाकारहरू उपस्थिती रहेको थियो । प्रसिद्ध डिजाइनर मनीष मल्होत्रा पनि उपस्थित थिए।

कोइरालाका चर्चित नेटफ्लिक्स शृङ्खला “हिरामंडी” का सहकर्मी कलाकारहरू, ऋचा चड्ढा, सोनाक्षी सिन्हा आफ्ना पतिहरूसँगै उपस्थित थिए। हीरा मंडी का लेखक मोइन बेग पनि आएका थिए। कार्यक्रममा लैला खान, सुन्दरी खान, शबाना आसिफ,अनु आदिक लगायत कोइरालाका धेरै नजिकका साथीहरू पनि उपस्थित थिए।

भन्साली इन्टरटेनमेन्टकी सीईओ प्रेरणा सिंह पनि कार्यक्रममा उपस्थित थियिन  । नेपालि चलचित्रकर्मीहरु प्रवेश गुरुङ,निर्देशक / संचारकर्मी  सम्झना उप्रेती रौनियार,फोटो पत्रकार बिकास रौनियार लगायतहरु पनि जमघटमा सरिक भएका  थिए ।

यो एउटा छोटो मिठो कार्यक्रममा पुराना साथीहरू, सहकर्मीहरूको अविस्मरणिय पुनर्मिलन भएको थियो।

शब्द / तस्वीरहरु  : सबस्त इन्टरटेनमेन्ट

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com