सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – टंक बुढाथोकीको निर्देशनमा बनेको चलचित्र ‘मन बिनाको धन’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार अशोक दर्जीलाई देखाइएको छ । पोस्टरमा अशोकलाई स्कूलको ड्रेसमा देख्न सकिन्छ भने कथा जिरोदेखि हिरोसम्मको भनेर लेखिएको छ । पोस्टरमा देखाइए अनुसार   अशोक दर्जीको हिजोदेखि आजसम्मको कथा चलचित्रमा रहेको छ  ।

‘मन बिनाको धन’ चलचित्र आगामी कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रम अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, एआर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।

अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । दर्जी हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।

सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्रलाई निर्मातासमेत रहेका टंक बुढाथोकी आफैँले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् ।

चलचित्रको निर्माता बिष्णु माया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् । यस्तै जी।पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् ।

चलचित्रमा टंक बुढाथोकी संगीत,सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ । चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com