सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – युगल पोमोद्वारा  निर्देशित नयाँ आइटम गीत ‘१६ वर्षे जवानी’ सार्वजनिक भएको छ । बबिना किरातीको आवाज रहेको यो गीतमा यशराज गराच , बिना राउत र तेन्जु योन्जनको अभिनय रहेको छ । गीतमा बिना र तेन्जु ले मज्जले कम्मर मर्काएका छन् ।

केही समय यता कोरियोग्राफीमा होमेकी तेन्जु धेरै पछि म्युजिक भिडियोमा फर्किएकी छन्  । रोशन बिकको कोरियोग्राफी रहेको यो गीतमा जानु खम्बङ लिम्बुको शब्द र सुमन राईको संगीत रहेकी छ ।

मोहन कुमा ” झिल्लु” को छायांकन र अनिल कुमार महर्जनको सम्पादन रहेको गीत जानु खाम्बङ लिम्बु को अफिसियल युट्युब च्यानलमा रिलिज भैसकेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com