सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  गायक तथा संगीतकार आशिष अविरल र गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ नेपाली गीत ‘कुरो बुझेसी’ सार्वजनिक भएको छ। यो गीतलाई सुन्दर हमालले लेखेका हुन् भने संगीत, एरेन्ज, मिक्सिङ र मास्टरिङको सम्पूर्ण काम स्वयम् आशिष अविरलले गरेका हुन्। गीतको रेकर्डिङ राग एन्ड आरएल स्टुडियो (युएसए) तथा एमडी बाल्टिमोरमा गरिएको हो।

गीतको भिडियोमा अभिनेता पल शाह र मोडल अस्मिता जुरेलीको मुख्य अभिनय रहेको छ। पल शाह र मोडल अस्मिताको डान्सलाई दर्शकले रुचाएका छन्। निकै आकर्षक देखिएको यो जोडीको केमेष्ट्रि पनि मिलेको छ। लभस्टोरी गीतमा एकअर्काले कुरो बुझेपछिको अवस्थालाई गीतका भावले व्यस्त गरेका छन्।
अमित कुमार चन्द निर्माता रहेको यस भिडियोलाई शान थापाले निर्देशन गरेका हुन्। भिडियोमा सञ्जय विश्वकर्माको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन, विवेक सुनारको सम्पादन र मिलन विश्वकर्माको कलर ग्रेडिङ रहेको छ।

त्यस्तै, भिडियोमा कलाकारहरूको पहिरन अनुस्का डीसी (आश्री क्रिएसन) ले तयार पारेकी हुन् भने मेकअप सीता मगरले गरेकी छिन्। यो गीत पल शाहको आधिकारिक युट्युब मार्फत बजारमा ल्याइएको हो।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com