सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ‘नेपाल आइडल सिजन ६’ की सेकेन्ड रनरअप गायिका दर्शना गान्धारीको स्वरमा सजिएको नयाँ गीत ‘मन दिउँ कि फूल’ सार्वजनिक भएको छ। रोमान्टिक शैलीको यस गीतमा अग्नि पराजुलीको शब्द तथा संगीत रहेको छ भने विशम आचार्यले संगीत संयोजन (एरेन्ज) र मिक्सिङ गरेका हुन्।

एक चञ्चल युवतीले आफूलाई मन परेको युवकप्रति व्यक्त गर्ने प्रेमका भावनाहरूलाई गीतमा प्रस्तुत गरिएको छ। गीतको भिडियोमा गायिका दर्शना स्वयंले मुख्य भूमिकामा अभिनय गरेकी छन्। भिडियोमा उनलाई अभिनेता संजय ढुंगानाले अभिनयमा साथ दिएका छन्।

सुजन श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा दर्शना र संजयबीचको मिठो नोकझोक र मायाको केमेस्ट्री देख्न सकिन्छ। श्याम पटेलको कोरियोग्राफी रहेको भिडियोलाई पंकज महरा र सुशान ठटालले छायांकन गरेका हुन्। त्यस्तै, भिडियोको सम्पादन रबिन श्रेष्ठ र रङ संयोजन (कलर ग्रेडिङ) माधव बेलबासेले गरेका हुन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com