सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – बुधवार राजधानीको मण्डला थिएटरमा प्रतिष्ठित कांस फिल्म फेस्टिवलमा ज्युरी अवार्ड जितेको सफल चलचित्र ‘तिनीहरु : ELEPHANTS IN THE FOG’ का निर्देशक, कलाकारहरु र प्राविधिकहरुले चर्चित अभिनेता दयाहांग राइ द्वारा संचालित छलफल र अनुभवहरु बारे छलफल खुलेर गरे | उक्त अवसरमा चलचित्रका निर्देशक अविनाश बिक्रम शाह, निर्माता अनुप पौडेल, कलाकारहरु पुष्पा लामा, उमिषा पाण्डे, आकान्छया कार्की , प्राविधिकहरुले कलाकारहरु निरुता सिंह, नाजिर हुस्सैन र दयाहांग राइ संगको कुराकानीमा उपस्थित थिए | उक्त अवसरमा फोटो पत्रकार बिकास रौनियारले खिचेका केहि अनौपचारिक तस्विरहरु |

तस्विरहरु : बिकास रौनियार

चलचित्र ‘तिनीहरु: इलिफेन्ट्स इन द फग’ भदौ १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ । ‘तिनीहरु: इलिफेन्ट्स इन द फग’ विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली सिनेमाको इतिहासमै अहिलेसम्मकै ठूलो सफलता हासिल गरेर नेपालमा रिलिज हुन लागेको चलचित्र हो ।

‘इलिफेन्ट्स इन द फग’लाई अविनाश विक्रम शाहले निर्देशन गरेका छन् । कान्समा जुरी च्वाइस अवार्ड पाएसँगै यो सिनेमा घरेलु दर्शकमाझ पनि प्रतिक्षित बनेको छ ।

जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको यस चलचित्रमा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्की लगायतको अभिनय रहेको छ ।

चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।

यस चलचित्र निर्मातामा नेपालबाट अनुप पौडेल फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेको छन् । सह-निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र साेहम ढकाल रहेका छन् ।

चार्ल्स अडिनेट लाइन प्रोड्यूसर रहेको चलचित्रका एशोसिएट निर्माता नायिका केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन् ।

अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट सह-निर्मातामा प्रवेश गुरुङ, एशोसिएट निर्माताआदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई, बेन्जामिन ग्रुब्स

निर्देशक शाहको नै पटकथा रहेको चलचित्रमा अविनाश विक्रम शाह र सन्दीप बादलको कथा छ । आफ्नो लघु चलचित्र ‘लोरी’बाट यसभन्दा अघिनै कान्समा पुरस्कार जितेका अविनाश ‘कालो पोथी’ र ‘शाम्बाला’ तथा लिमिटेड सिरिज ‘सिंहदरबार’का पटकथाकार पनि हुन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com