सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – NDTV World ले आज नेपालमा आफ्नो नयाँ संवाद शृङ्खला “NDTV अन्वीक्षा: आइडियाज एक्रोस बोर्डर्स” (Ideas Across Borders) को सुरुवात गरेको छ। कार्यक्रमको सुरुवात बुधबार देशमा आएको आकस्मिक बाढीमा परी ज्यान गुमाउनेहरूको सम्झनामा एक मिनेटको मौन धारण गरीएको थियो ।
काठमाडौँमा आयोजित यस कार्यक्रममा नेपाल र भारतबीचको सम्बन्धका साथै नेपालको राजनीति, अर्थतन्त्र, समाज र भविष्यका विषयहरूमा केन्द्रित रहेर छलफल गरेको थियो !
दिनभरी चलेको यस बृहत संवाद कार्यक्रममा भारत र नेपालका राजनीतिज्ञ, कूटनीतिज्ञ, व्यवसायी, प्रविधि विज्ञ, युवा उद्यमी, खेलाडी तथा सांस्कृतिक क्षेत्रका गन्यमान्य व्यक्तित्वहरु एकै ठाउँमा भेला भएका थिए ।
उक्त महत्वपुर्ण कार्यक्रममा नेपालको तर्फबाट रा स्व पा सभापती रबि लामिछाने, नेपाली कांग्रेस सभापती गगन थापा, प्रदिप ज्ञवाली , स्वर्णिम वाग्ले, सुम्निमा उदास,विदुषी राना, जस्ता युवा राजनितिग्यहरु थिए भने भारत तर्फबाट शशि थरूर, रवि शंकर प्रसाद , राम माधवन, विजय चौथाइवाले शरिक भएका थिए भने , निर्वाण चौधरी, बरुण चौधरी , कमलकान्त अग्रवाल जस्ता प्रमुख ब्यवासयिहारी पनि शक्रिय रुपमा सहभागी भएका थिए ! साह साथै चर्चित कलाकारहरु, मनिषा कोइराला, राजेश हमाल, खेलाडी पारस खड्का, पत्रकारिता छेत्रका, युवराज घिमिरे, गुना राज लुइँटेल, चारु चड्ढा , बसन्त बस्नेत पनि उपस्थित भएका थिए ।
उक्त दिनभर उपश्थित भएर फोटो पत्रकार विकास रौनियारले आफ्नो क्यामेरामा कैद गरेका विभिन्न विभिन्न दृश्यहरु :


























प्रतिक्रिया