सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नीब करोली बाबाको जीवनीमा आधारित बायोपिक फिल्म ‘हनुमान अंश’ले नेपालमा शानदार सुरुआत गरेको छ । आध्यात्मिक यात्रामा आधारित यो फिल्म शुक्रबारदेखि नेपालमा प्रदर्शनमा आएको हो ।

प्रदर्शनको पहिलो दिनमै फिल्म हेर्न हलमा नेपाली दर्शकको उल्लेख्य भिड देखिएको छ । फिल्मप्रति दर्शकको चासो बढेसँगै नेपालमा यसको सुरुआत उत्साहजनक देखिएको हो।

‘हनुमान अंश’मा शोभिनव सत्या, चन्दन के. आनन्द, अनिल रस्तोगी, पूर्णिमा तिवारी, विहान शेड्गेलगायत कलाकारको अभिनय रहेको छ। विशाल चतुर्वेदीको निर्देशनमा तयार भएको फिल्मले नीब करोली बाबाको आध्यात्मिक जीवनयात्रालाई कथाको केन्द्रमा राखेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com