सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको फिल्म ‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। गण्डकी क्षेत्रमा प्रचलित कौडा शैलीमा तयार पारिएको गीतमा एसडी योगी र रेश्मा पुनको स्वर तथा सुरेन्द्र रानाको शब्द रहेको छ। एसडी योगीकै संगीत रहेको गीतका संगीत निर्माता रिकेश गुरुङ (किज) हुन्।
उपासना सिंह ठकुरी र सोनम तोप्देन फिचर्ड गीतको भिडियोमा रत्न बीकेको बाँसुरी, मदन रेग्मीको मादल तथा खैंजडी, शिशिर परियारको पञ्चेबाजा र हेमन्त कान्छा रसाइलीको सारंगी वादन सुन्न सकिन्छ। गीतको भिडियोमा सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगरको कोरियोग्राफी रहेको छ।
गीतको भिडियोमा फिल्मका कलाकार अस्तित्व भट्टचन, राजु रेग्मी मगर, दीपिका मगर, भावना मगर र प्रवेश राईलाई पनि प्रस्तुत गरिएको छ। यसअघि फिल्मको ‘चाँदी चलप’ बोलको गीत सार्वजनिक गरिएको थियो। उक्त गीतलाई दर्शकले रुचाएका थिए। निर्माण पक्षले दोस्रो गीतले पनि दर्शकबाट उत्तिकै माया पाउने अपेक्षा गरेको छ।
फिल्ममा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनलगायतका कलाकारको अभिनय छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर छन्।
यही फिल्मबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी छन्। शैलेन्द्र डी. कार्कीको छायांकन रहेको फिल्म आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर, राधा थापा र सुस्मिता बुढाथोकी रहेका छन्।







प्रतिक्रिया