सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । विनयराज पौडेलको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘अक्षरा’ आगामी असोज २३ गते शुक्रबारदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ । फिल्मले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘युनिभर्सल’ (यू) प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ।

अभिभावकले छोरीको इच्छाविपरीत जबरजस्ती विवाह गरिदिँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसले समाजमा पार्ने प्रभावलाई फिल्मको कथावस्तु बनाइएको छ। ‘क्षित बाबु प्रोडक्सन हाउस’को ब्यानरमा निर्माण भएको फिल्ममा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्। उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ।

सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्मको कथा निर्माता उग्रसेन ढुङ्गानाको हो। फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन्।

दिपेन बस्न्यातको छायाङ्कन, गौतम खड्काको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन तथा कर्णराज गिरीको संगीत रहेको फिल्मलाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com