सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको छ । बडादशैँको फूलपातीका दिन असोज ३१ गते शनिबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मले ‘युनिभर्सल सर्टिफिकेट’ पाएसँगै सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई सार्वजनिक प्रदर्शनका लागि स्वीकृति दिएको हो । समितिले चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ५ बमोजिम जाँच गरी फिल्मलाई प्रदर्शन अनुमति दिएको जनाइएको छ ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्मका निर्माता रोहित अधिकारी हुन् । नेपाली भाषामा निर्माण भएको फिल्मको कुल अवधि २ घण्टा ३७ मिनेट ३७ सेकेन्ड रहेको छ । फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई र कर्मा शाक्यलगायत कलाकारको प्रमुख भूमिका छ ।
निर्माण पक्षले दर्शकलाई आफूलाई पायक पर्ने हलमा अग्रिम टिकट बुकिङ गरेर फिल्म हेर्न आग्रह गरेको छ। पारिवारिक दर्शकलाई समेत लक्षित गरिएको ‘छ माया छपक्कै २’ ले दसैँको बिदामा दर्शकको साथ पाउने अपेक्षा निर्माण पक्षको छ । फूलपातीदेखि प्रदर्शनमा आउने फिल्मले चाडपर्वको समयमा नेपाली दर्शकमाझ कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।
फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, कार्म, शनिशा भट्टराई, रिहान गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।







प्रतिक्रिया