सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म ‘लालिबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। गीतले पाँच करोड भ्युजको आँकडा पार गरेपछि अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छन्।
स्वस्तिमाले एउटा तस्बिर सेयर गर्दै आफ्नो करियरमा गीतहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएकी छन् । उनले लेखेकी छन्, ‘नेपालका कतिपय ठाउँमा, जहाँ सायद मेरा फिल्महरू पुग्न सकेनन्, त्यहाँ मेरा गीतहरूले मलाई पुर्याइदिए। मेरो करियरमा गीतहरूको भूमिका एकदमै ठूलो छ ।’
गीतले पाएको सफलताप्रति खुसी व्यक्त गर्दै स्वस्तिमाले आफ्नो करियरमा गीतहरूले दर्शकमाझ पुग्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेकी हुन् ।







प्रतिक्रिया