सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेत्री मिरुना मगर र अभिनेता धीरज मगर अभिनीत चलचित्र ‘कुस्ती’ को छायांकन सकिएको छ। काठमाडौँ तथा आसपासका क्षेत्रमा छायांकन गरिएको चलचित्रमा प्रेमसँगै स्वभाव भिन्नताले एकसाथ जीविकोपार्जन गर्न संघर्ष गर्न बाध्य जोडीको कथालाई देखाइने निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिए।

‘कलाकार र प्राविधिकको मेहनतका कारण हामीले निर्धारित समयमा छायांकन सम्पन्न गर्न सफल भयौँ। एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने भावनाको मधुर यात्रालाई यस फिल्ममा समेटेका छौँ। भावनात्मकतासँगै हाँस्यरसले भरिएको प्रेम कथानक फिल्म तयार गरेका छौँ’, उनले भने।

चलचित्रमा मिरुना मगर, धीरज मगर, पुस्कर गुरुङ, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापालगायत कलाकारको अभिनय गरेका छन्।

चलचित्रमा उमंग शाहीले छायांकन, मित्रदेव गुरुङले सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहले संगीत सिर्जना, शिशिर खातीले नृत्य निर्देशन गरेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com