सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली चलचित्रका अभिनेता पल शाहले अब चलचित्र निर्माण गर्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर उनले आफ्नो पहिलो चलचित्र निर्माणको घोषणा गरेका छन् ।

‘पल शाह फिल्म्स’ ब्यानरमा निर्माण हुने चलचित्रको नाम ‘यानीमाया’ राखिएको छ, जसको निर्देशनको जिम्मेवारी विकास सुवेदीलाई दिइएको छ । सुवेदी र शाहले यसअघि ‘प्रकाश’, ‘पुजार सार्की’ र ‘महाभोज’ जस्ता चर्चित चलचित्रहरूको स्क्रिप्ट लेखेका छन् र सयौँ म्युजिक भिडियोको निर्देशन गरेका छन् । सुवेदीले तीन वटा चलचित्रहरू निर्देशन गर्दै छन् । ‘यानीमाया’ नै डेब्यु हुन्छ वा अन्य चलचित्र हुन्छ त्यसमा भने सुवेदी अझै प्रस्ट छैनन् ।

यस चलचित्र पारिवारिक ड्रामामा आधारित हुनेछ, जसको कथा र स्क्रिप्ट स्वयं निर्देशक विकास सुवेदीले तयार पारेका हुन् ।
असारबाट छायाङ्कन सुरु हुने यस चलचित्रमा पल शाह नै प्रमुख भूमिकामा रहनेछन् भने अन्य कलाकारहरूको छनौट प्रक्रिया जारी रहेको बताइएको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com