सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र ‘कोशेढुंगा’ को फर्स्ट लुक सार्वजनिक सँगै आउँदो भाद्र १२ गते देखी देश बिदेशमा प्रदर्शन हुनेगरि प्रदर्शनमिति घोषणा गरिएको छ । ‘पुर्ण बहादुरको सारंगी ‘को अपार सफलता पछी लेखक निर्देशक सरोज पौडेलको चलचित्र ‘कोशेढुङ्गा’ अर्को निर्देशकीय चलचित्र हो ।
चलचित्रमा कलाकारहरु सुरक्षा पन्त, आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाल आदिको अभिनय रहेको छ ।
नारी प्रधान कथाबस्तुमा बनेको चलचित्रमाअभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा रहेकी छिन् । चलचित्रमा प्रेविल कँडेल र किशोर अनुरागको निर्माताको रुपमा रहेका छन् भने दिनेश खड्का कार्यकारी निर्माता हुन् ।
बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा रिदम कँडेल र आषिश अविरलको संगीत रहेको छ ।
प्रतिक्रिया