सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘माइतीघर’को छायांकन सुरु भएको छ । म्याग्दीको रमणीय गाउँ ताकमको स्थानीय गणेश मन्दिरमा शुभसाइत पूजाआजा गर्दै विहीबारदेखि छायांकन सुरु भएको छ ।
स्थानीय जनप्रतिनिधिको उपस्थितीमा ‘कास्ट एन्ड क्रू’ले मुहूर्त पूजा गर्दै,४० दिनको छायांकन सेड्युलअन्तर्गत २० दिन ताकम र धारापानी गाउँमा छायांकन गर्नेछन भने दरबाङको तातोपानी क्षेत्रमा बाँकी सुटिङ हुने निर्माण टिमले जानकारी गराएका छन् ।
चलचित्रमा धीरज मगर, केदार घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतका कलाकारहरुको अभिनय रहने छ ।
मिलन तामाङले निर्देशन गर्न लागेको चलचित्रको छायांकन सुसन प्रजापतिले गर्नेछन् । छ माया छपक्कै, गाजलु र फर्की फर्कीजस्ता हिट चलचित्र निर्माण गरेका रोहित अधिकारीको यो चौंथो प्रोेजेक्ट हो चलचित्रका निर्मातामा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ छन् । कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र नीरज कटुवाल छन् । प्रदर्शन मिति दशैंको फूलपातिलाई तय गरिएको छ ।
प्रतिक्रिया