सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक शोभित बस्नेतको चलचित्र ‘पीआर’ को दोस्रो सेडयुल धम्पुसबाट सुरु भएको छ। अष्ट्रेलियामा ६० प्रतिशत छायांकन गरेको निर्माण टिमले बाँकी दृश्य कास्कीको धम्पुसबाट थालेको हो।
सोमबार निर्मण टिमले चलचित्रको एक दृश्य बिहेको खिचेको छ। जहाँ दिक्पाल कार्की,नीर शाह,गौरी मल्ल,बिनिता कार्कीलाई देख्न सकिन्छ।

निर्देशक बस्नेतले सिनेमाको ६० प्रतिशत अष्ट्रेलियामा र बाँकी दृश्य नेपालमा खिच्ने सेड्युल अनुसार नै काम भइरहेको बताए। उनले यतिबेला कास्कीको धम्पुसमा धमाधम छायांकन भइरहेको समेत जानकारी दिए। उनका अनुसार यो चलचित्रको छायांकन धम्पुसका अलवा पोखरा,चितवन लगायतका ठाउँमा समेत खिचिने छ।

चलचित्रको कथा अनुसार नै चलचित्रको छायांकन भइरहेको समेत निर्देशक बस्नेतले जानकारी दिए। केहि दिनअघि मात्रै उनी अष्ट्रेलियामा सिनेमाको छायांकन सकेर नेपाल आएका हुन्।

सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नीर शाह,गौरी मल्ल,रबिन्द्र खड्का,उत्तम केसी,आर ए सुरज पौडेल, राजन कुँवर,विनिता कार्की,पुजा चौधरी बिमला खत्री आस्मा अधिकारी, कुशल थापा,गणेश बुढाथोकी कृष्ण थापा,म्याक्स र नवीन घायल लगायतको अभिनय रहने छ।


यस चलचित्रमा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता रहेका छन्। चलचित्रमा मानस राज र भिम बिसीको संगीत,रामजी लामिछानेको नृत्य,निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद रहेको छ।

त्यसै गरि चलचित्रमा सौरभ मानन्धर (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) छायांकन र बन्दे प्रसादको सम्पादन,मुख्य साहायक निर्देशकमा रामजी राउत गणेश बुढाथोकी मणि तामाङ भने केवल मान सिंह बस्नेत को निर्माण व्यवस्थापक रहने छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com