सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – मिलन चाम्सको निर्देशनमा बन्ने आगामी चलचित्र ‘सुम्निमा’ मा मुख्य अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्। । प्रेमकथामा आधारित हुने यो चलचित्र नेपाली र अंग्रेजी भाषामा निर्माण हुनेछ । ‘सुम्निमा’ मा उपासना अनुन्बन्ध संगै उनको जोडीको रुपमा काम गर्ने अभिनेताको लागी अडिसन आव्हान गरिएको छ। २० देखि २६ वर्षको युकेमा रहेको व्यक्तिले अडिसनमा भाग लिन पाउने पनि बताईएको छ।

निर्देशक चाम्सले युनिभर्सल कथा र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै चलचित्र बन्ने बताए । ‘कथावस्तु पनि युनिभर्सल भएकाले पनि विदेशी बजारलाई लक्षित गर्दै चलचित्र बन्नेछ’ चाम्सले भने ।

नेपाल र बेलायतमा यो चलचित्र जुलाई देखि छायांकन हुनेछ । चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्स्को संयुक्त ब्यानरमा बन्ने चलचित्र निर्देशक चाम्सको ११ औं निर्देशकीय प्रोजेक्ट हुनेछ । चलचित्रमा राजीव थापाको कथा र पटकथा रहनेछ । चाम्सको निर्देशनमा बनेको बायोपिक चलचित्र ‘अञ्जिला’ ले सफल प्रदर्शनको ५१ औं दिन पार गरिसकेको छ। ‘अञ्जिला’ ले प्राप्त गरेको सफलता संगै चाम्सलाइ आगामी प्रोजेक्ट उत्कृस्ट बनाउनु पर्ने चुनौती छ। कथा राम्रो भएको र टिम राम्रो हुने हुँदा ‘सुम्निमा’ उत्कृस्ट चलचित्रमा बन्नेमा चाम्स ढुक्क देखिएका छन्। चलचित्रका अन्य प्राविधिक र टिमको बारेमा पछि मात्र जानकारी दिने चाम्सले बताए।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com