सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – २०८० सालको ब्लकबस्टर चलचित्र ‘जारी’ का निर्देशक उपेन्द्र सुब्बाको निर्देशनमा फेरीपनि चलचित्र ‘जारी – २’ को पुर्बी नेपालको पाँचथर बाट शुभमुहूर्तसँगै छायांकन शुभारम्भ भएको छ ।
चलचित्रको सम्पूर्ण छायांकन पाँचथरमा नै हुने निर्माण पक्षले जानकारी गराएका छन् । पाँचथर जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यमा चलचित्रको छायांकन हुनेछ । आउने दशैँमा प्रदर्शन हुने घोषणा गर्दै ‘जारी २’ को फर्स्टलुक सार्वजनिक गरिएको थियो ।
चलचित्रमा कलाकारहरु दयाहाङ राई, विजय बराल र मिरुना मगर,बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखु आदिहरुको अभिनय रहने छ ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मसको व्यारमा निर्माण हुने चलचित्रका निर्माता रामबाबु गुरुङ रहनेछन ।
प्रतिक्रिया