सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – मधेशकेन्द्रित कथामा बन्न लागेको चलचित्र ‘प्रतिवैरम’ को घोषणा गरिएको छ । चलचित्रको निर्देशन  रोशन दासले गर्न लागेका छन् । सार्वजनिकपोस्टरमा रावणलाई पृष्ठभूमिमा राखेर अघिल्तिर एक व्यक्ति उभिएको देख्न सकिन्छ ।

मधेश केन्द्रित बन्ने चलचित्रमा मधेशको वास्तविक सौन्दर्य र समस्या खासै नपाइने निर्देशक दासले बताए । उनले भने, “हाम्रो चलचित्रमा त्यो अभाव नहोस् भन्ने हिसाबले काम गरेका छौँ ।” दासले मधेशकेन्द्रित चलचित्र सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित रहेको बताए ।

चलचित्रको कथा निर्देशक दासको रहेको छ भने पटकथा युवराज भट्टराईले लेखेका छन् । चलचित्र नीरज कँडेलले छायांकन गर्नेछन् । चलचित्रका अन्य कलाकार केही समयपछि सार्वजनिक गरिने जानकारी दासले दिए। चलचित्र यही वर्षको अन्त्यतिर प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com