सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – स्काइफल पिक्चर्सको प्रस्तुतिमा नयाँ नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा गरिएको छ । मंगलवार निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै  चलचित्र निर्माणको घोषणा गरेको छ  ।

‘द ब्ल्यू लाइट’ लाई बलिराम चौहानले निर्देशन गर्नेछन् । चौहान चलचित्र ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशक हुन् । चौहानको यो डेब्यु निर्देशन हुनेछ  ।

नरेन्द्र मैनालीको छायांकन रहने चलचित्र ‘द ब्ल्यू लाइट’ को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन्  ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com