सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आज जेठ ९ गते शुक्रवारदेखि नयाँ नेपाली चलचित्र ‘नरसिंहाः अवतार’ यानी महानायक राजेश हमालले करिव आठ वर्षपछि यही चलचित्र मार्फत रजतपटमा पुनरागमन गरेको चलचित्र देशव्यापीरुपमा प्रदर्शनमा आएको छ ।

महानायक राजेश हमालको रजतपटमा पुनरागमनका कारण दर्शक पनि उत्साहित छन् । त्यसैले पनि क्यूएफएक्सबाहेक अन्य चलचित्र भवनहलहरुले चलचित्रलाई राम्रो शो उपलब्ध गराएका छन् भने चलचित्रको अग्रिम बुकिङ पनि राम्रो देखिएको छ । चलचित्रले पहिलो दिनका लागि देशभरीमा करिव १ सय ५० शो पाएको छ ।

चलचित्रमा राजेश हमाल, नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का, समाइरा थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी, राजु थापाको डीओपी रहेको छ ।

करण सिंह प्रोडक्सन म्यानेजर रहेकोचलचित्रमा समिर मियाको भीएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, वसन्त अधिकारी एसोसियट निर्देशक रहेको चलचित्रमामा नेम महर्जनको लगानी छ । चलचित्रमाका निर्मातामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने छन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com