सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक ओम प्रतीकद्वारा निर्देशित चलचित्र ‘हली’ को प्रमोशनल गीत ‘चान्स पाए त’ को भिडियो सार्वजनिक गरिएको छ । असार १५ मा हुने रोपाईको माहौल देखाउदै रमाइलो प्रस्तुति दिँदै गीत प्रस्तुत गरिएको छ ।

सार्वजनिक गीतमा जास्मीन श्रेष्ठको शब्द लेखन छ भने  बाबुल गिरी तथा शान्ति श्री परिवारको स्वर रहेको छ । गीतमा संगीत बाबुल गिरीको रहेको छ ।

उक्त गीतको भिडियोमा कलाकारहरू प्रियंका कार्की, पूजा शर्मा, दीपाश्री निरौला, दिलिप रायमाझी, किरण केसी तथा प्रमोद दीपको रमाइलो नृत्य रहेको छ । यस रमाइलो गीतको भिडियोलाई कविराज गहतराज तथा ओम प्रतिकले कोरियोग्राफी गरेका छन्  ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com