सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको टिजरमा सपना, संघर्ष, प्रेम र धोका देखाइएको छ ।
सामान्य जानकारी बिना तय गरिएको गन्तव्यमा पुग्न कति कठिनाइ हुन्छ भन्ने यथार्थता टिजरले उजागर गरेको छ । परिवारको दुःख हटाउने सपना बोकेर हिँडेको पात्र कसरी दुःखको दुष्चक्रमा फस्छ भन्ने देखाइएको छ ।
चलचित्र ‘जनै हराएको मान्छे–सम्बन्धका धागाहरू’ लाई हिमाल न्यौपानेले निर्देशन गरेका छन् । चलचित्र भदौ ६ गते देखि प्रद्रशनमा आउदै छ ।
चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्ममा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्म्सले चलचित्रको वितरणको जिम्मा लिएको छ ।
प्रतिक्रिया