सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – हास्य टेलिशृंखला ‘सक्कीगोनी’ का लोकप्रिय कलाकार अर्जुन घिमिरे ‘पाँडे’ अब चलचित्र निर्देशकका रुपमा आउने भएका छन् । कलाकार घिमिरेले ‘झरीपछिको इन्द्रेणी’ शिर्षकको चलचित्र बनाउने घोषणा गरेका हुन् ।

टिभी श्रृंखला ‘सक्कीगोनी’ गर्दागर्दै पाँडे लगायतको टोलीले जेपिटी क्रिएसनबाट चलचित्र ‘लाज शरणम्’ निर्माण गरेको थियो । पाँडे जेपिटी क्रिएसनका प्रमुख पनि हुन् । सुशील कडरियाले निर्माण गर्न लागेको उक्त चलचित्रमा कुमार व्यञ्जनकारको कथा रहने छ भने गीतकारका रुपमा गणेश कार्की रहेका छन् ।

पशुपति शिवजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रका कलाकार तथा विषयवस्तुका बारेमा केहीपछि जानकारी गराउने घिमिरेको योजना छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com