सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गाइजात्रा महोत्सव २०८२ अन्तर्गत नचघर, जमलमा प्रस्तुत गरिएको कमेडी प्रहसन ‘किसमिसको हमला’ ले दर्शकलाई पेट फाट्दासम्म हसाएको छ। चर्चित कमेडियन विकाश अर्याल ‘किसमिस’ र सरोज भण्डारीले दुर्गा प्रसाईको पात्रको पैरोडी गर्दै प्रस्तुत गरेको यो प्रहसनमा तत्कालीन राजनीतिक, सामाजिक र व्यक्तिगत प्रसङ्गलाई व्यंग्यात्मक ढङ्गमा उतारिएको थियो।
मञ्चमा किसमिसको जोशिलो संवाद, चिमोट्ने व्यंग्य र हाउभाउसँगै सरोज भण्डारीको दुर्गा प्रसाईको शैलीको नक्कलले वातावरण झन् रमाइलो बनायो। दुबै पात्रबीचको संवादमा देशको राजनीति, सामाजिक बेथिति र चर्चित विवादित घटनाहरूलाई सहज तर तिखो शैलीमा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा दर्शकको ताली, हाँसो र हुटिङले नचघर गुञ्जिएको थियो। सांस्कृतिक संस्था र विभिन्न सहयोगी संस्थाको संयुक्त आयोजनामा भएको गाइजात्रा महोत्सवमा अन्य कलाकारका नाटक, स्ट्यान्ड-अप कमेडी र गीत–संगीत प्रस्तुति पनि समावेश थिए।
दर्शकका अनुसार, यस पटकको ‘किसमिसको हमला’ ले वास्तविकता र हास्यको मिश्रणमार्फत समाजलाई ऐना देखाएको छ, जसले मनोरञ्जनसँगै सोच्न पनि बाध्य पार्छ।
प्रतिक्रिया