सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आज भदौ ६ गते शुक्रवारदेखि प्रदर्शनमा दर्शक तथा चलचित्रकर्मीको उच्च अपेक्षासहित  चलचित्र ‘माग्ने राजा’ रिलिजमा आएको छ । उच्च प्रचारका कारण चलचित्रको हाइप गज्जब छ । यसैले, यो चलचित्रले आज बक्स अफिसमा सुखद प्रदर्शन भएको छ ।

केदार प्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । सामिप्यराज तिमिल्सिनाको लेखन रहेको चलचित्रमा मुनाल घिमिरेको लगानी रहेको  छ ।

चलचित्रको टिजर, ट्रेलर र गीतसंगीतले दर्शकको ध्यान खिचेको थियो । यसैले, प्रदर्शकहरुले पनि यो चलचित्रलाई सुखद शोज उपलब्ध गराएका छन् । बिहानबाटै केही हलमा सुखद अकुपेन्सी देखिएको चलचित्रले मध्यान्हबाट व्यापारिक गति बढाएको छ  ।

केदार घिमिरेको पारिश्रमिकको चर्चा, प्रचार प्रसार आदिका कारण चलचित्रले हाइप बटुलेको हो । एक साधारण मानिसको असाधारण कथा चलचित्रमा प्रस्तुत गरिएको छ । यही चलचित्रबाट निर्देशक ऋषि लामिछानेले निर्देशनमा ८ वर्षपछि कमब्याक गरेका हुन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com