सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक भएको छ । भदौ २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलरमा पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा देखाईको छ ।
कामेश्वर चौरासिया,लक्ष्मी बर्देबा लगायत अन्य कलाकारहरुको दमदार अभिनयले चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को सार्वजनिक ट्रेलरले दर्शहरुको मन जित्ने पक्का छ ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासिया,लक्ष्मी बर्देबा,सरिता गिरी, गौमाया गुरुङ, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो ।मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।
‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।
चलचित्र हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया