सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट फिल्मकर्मी मनिष पण्डितलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई बोर्डको अध्यक्षमा चयन गरेको हो । अध्यक्ष पदका लागि ११ जनाले व्यावसायिक कार्ययोजना प्रस्तुत गरेका थिए ।