सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट काठमाडौँ: गायन रियालिटी शो द भ्वाईस अफ नेपाल सिजन ५ को ब्याटल राउण्डबाट बाहिरिएका प्रतिष्पर्धीद्वय बिनोद राई र स्मृति प्रधानले गीत सार्वजनिक गरेका छन। सार्वजनिक ‘सानुमा सानु घर बनाइ बसौला’ बोलको गीतमा यी दुई स्वयम् फिचर्ड छन।  लेखु सहयात्रीको शब्द संगीतमा तयार भएको गीतको भिडियोपनि निकै राम्रो बनेको छ।

शान थापाले निर्देशन गरेको गीतको भिडियोमा बुद्ध थापाको सिनेम्याटोग्राफी रहेको छ भने अर्जुन तिवारीको डी. ओ. पी. रहेको छ। मदन घिमिरेको सम्पादन रहेको गीतमा सुप्रिम पराजुलीले कलर भरेका छन।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com