सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: कर्णाली प्रदेशको जन-जीवनमा आधारित म्युजिकल फिल्म ‘हिरुलाल : द सोल अफ कर्णाली’ सार्वजनिक गरिएको छ । जुम्लामा विभिन्न स्थानमा छायांकन गरिएको सुदुरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको समिश्रण गरिएको छ ।

फिल्म आर्थिक र अन्य अवसरका लागि विदेशीन बाध्य स्थानियको पिडालाई कथामा ढालिएको छ । त्यसका साथै कर्णाली र सुदुरपश्चिम बासी कसरी सडक र संचार सुविधाबाट बञ्चित छन्, भन्ने कुरालाई पनि नजिकबाट नियाल्ने अवसर दिएको छ ।

यो म्युजिकल फिल्मलाई सञ्चारकर्मी रतन देवकोटाले निर्देशन गरेका हुन् । ‘आफ्नो पहिलो डेव्यु निर्देशकिय म्युजिकल फिल्ममा आफ्नो गृह प्रदेशको कथाव्यथा प्रस्तुत गर्नु पर्छ भन्ने भएपछि एउटा जुझारु टिम बनाएर यो कथा भन्ने आँट गरेको हुँ,’ उनले भने ।

यो गीतको म्युजिक कम्पोज चक्र बलमे गरेका हुन् । उनी यो म्युजिकल फिल्मका एसिस्टेन्ट निर्देशक तथा गायक पनि हुन् । उनलाई यो गीत गायनमा रचना रिमालले साथ दिएकी छन् । गीतमा समावेश ठाडी भाकामा बरिष्ठ देउडा गायिका डिक्रा देवी बादीले स्वर भरेकी छन् । यस गीतका संगीत निर्माता कोविद बज्र हुन् ।

सौरभ लामिछानेको छायांकन रहेको भिडियोमा ‘प्रकाश’ अभिनेत्री रेनु नाथ योगी, बालकलाकार संजय परियार र गायक चक्र बलमे अभिनय गरेका छन् । अभिनेत्री योगीले ‘प्रकाश’ पश्चात पुनः जुम्लाकी स्थानीय महिलाको भुमिका निवार्ह गरेकी छन् । जो परदेशीयका श्रीमानको प्रतिक्षामा छिन् । यो गीतको कथा, क्रियटिभ निर्देशक तथा प्रोडक्सन डिजाइनर गोविन्द सुनार हुन् ।

बरिष्ट पत्रकार टिकाराम यात्रीले सञ्चालन गरेको कार्यक्रममा जुम्लाका सांसद तथा राप्रपा नेता ज्ञानेन्द्र शाही प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com