सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सञ्चारकर्मी, कवियत्री तथा गीतकार राधिका अधिकारीको नयाँ गीत ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक भएको छ । गायिका तारा अधिकारीको स्वर रहेको गीतमा संगीतकार दीपक शर्माले संगीत भर्नु भएको छ भने गीतमा सविन सुवेदीले संगीत संयोजन गर्नु भएको छ ।
२०७२ सालमा एकल एल्बम ‘किनारा’मार्फत सांगीतिक बजारमा गीतकारका रुपमा प्रवेश गरेकी राधिका अधिकारीको दर्जन बढी गीत सार्वजनिक भइसकेका छन् । लेखनमा सामाजिक मुद्दा उठाउन गर्ने अधिकारीका गीतमा मानव जीवन, मानवीय संवेदना र समाजिक उत्तरदात्वको भावमा ढल्काव देखिन्छ ।
विन्ध्यबासिनी म्यूजिकबाट बजारमा आएको गीतको म्यूजिक भिडियोमा मोडल स्मारिका ढकाल र नव नायक सागर खनालको अभियन छ । जीवनको मध्येविन्दुमा बाँचिआएको जीवनप्रतिका सम्झनामा लेखिएको गीतमा ढकाल र खनालको प्रेमिल जोडी निकै खुलेको छ । गीतको म्यूजिक भिडियो निर्देशन प्रहिल कार्कीले गर्नु भएको छ भने छायाँङ्कन भूपेन्द्र थापा मगरले गर्नु भएको हो । म्युजिक भिडियोको दृष्य सम्पादन भने माधव बेलबासेले गर्नु भएको छ ।
प्रतिक्रिया