सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नयाँ नेपाली चलचित्र ‘कल्ली’ को प्रदर्शन मिति कात्तिक २१ गतेको लागि तय गरिएको छ । तिहारको दुई साता पछि चलचित्र  प्रदर्शन गर्न लागेको साथै वितरकहरुसँग सल्लाह गरेर रिलिज मिति तय गरिएको प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिएका छन्  ।

हिमाल कडेरिया र अमला देबी राई निर्माता रहेको चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन छ । महेश दवाडीको लेखन रहेको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा चलचित्र तयार भएको छ  ।

चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

निसाल पौडेलको छायांकन रहेको चलचित्रलाई काफिया फिल्मस् र कुबेर फिल्म्सले चलचित्रलाई काठमाडौं र मोफसलमा वितरण गर्नेछन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com