सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – जेठको ९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’ को नायिका नीति शाहको लुक्स सार्वजनिक गरिएको छ । निर्माण युनिटले एक पोष्टर सार्वजनिक गर्दै नीतिको लुक्स सार्वजनिक गरेको छ ।
नायिका नीति शाहले अभिनेता राजेश हमालसँग चलचित्रमा काम गर्न पाउँदा आफू उत्साहित भएको र धेरै कुरा सिकेको बताएकी छिन् । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिषा भट्टराई, दीपा शाही, रमेश चन्द सोडारी, राजिभजंग बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रमा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । राजु विक्रम थापाको छायांकन रहेको चलचित्रमा चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्र ‘नरसिंहाः अवतार’लाई लिएरदर्शकहरु निकै नै उत्साहित छन् ।
प्रतिक्रिया