सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नयाँ बर्ष ०८२ को अवसर पारेर नयाँ चलचित्र‘जदौ’ निर्माण घोषणा गरिएको छ । भद्रकाली मन्दिरमा सोमबार त्रिकन्याको बाहुलीबाट स्क्रिप्ट पूजा गरि टाइटल डिजाइन सार्वजनीक गरिएको हो ।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिको संयुक्त निर्माण रहेको चलचित्रको लेखक काजी लिम्बू हुन् ।

निर्देशक,कलाकार तथा प्राबिधिक बारे बिस्तृतमा केही समयपछि जानकारी दिइने समिश्रण मुभीजका अध्यक्ष अन्जन शर्माले बताएका छन् । अन्तरजातीय प्रेमकथामा निर्माण हुने चलचित्रका दृश्य गाउँ र काठमाडौंमा खिचिने बताइएको छ । ‘जदौ’ ०८२ सालभित्रै दर्शकमाझ ल्याइने योजना निर्माण पक्षको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com