सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आउदो जेठको ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका सबै कलाकारहरूलाई स्थान दिइएको छ ।

चलचित्र ‘नरसिंहाः अवतार’ सार्वजनिक गरेको पोस्टरमा नायक राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, टार्जन लगायतका कलाकारहरूलाई स्थान दिइएको छ ।

चन्द्र पन्तको कथा रहेको चलचित्र मा राजु तामाङको द्वन्द निर्देशन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भीएफएक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको चलचित्रमा क्रियटिभ सिने आर्ट्सको लागि नेम महर्जनको लगानी छ । साथै, चलचित्रमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको पनि लगानी छ ।

नायक राजेश हमालको ८ वर्षपछिको कमब्याक चलचित्र भएका कारण पनि यो चलचित्रको चर्चा निकै छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com