सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – बुद्ध जयन्तीको अवसर पारेर चलचित्र “तुलसीराम” निर्माण घोषणा गरिएको छ। चलचित्र आगामी जेष्ठको अन्तिम साता बाट छायाङ्कनमा जाने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रको छायांकन काठमाण्डौ, चित्लाङ्ग र हेटौडाको बिभिन्न ठाउँमा छायांकन गरिने निर्माण पक्षले जानकारी दिएको छ।

एल आरआरको ब्यानरबाट निर्माण हुन् लागेको चलचित्रको निर्देशक तथा निर्माता बाबु शाहेब बलामी हुन भने चलचित्रमा बलामीकै कथा रहने छ। चलचित्रको लेखक शंकर अधिकारी घायल हुन । चलचित्रको कार्यकारी निर्माता तथा द्वन्द निर्देशक देव महर्जनको रहने छ भने चलचित्रमा बिकास चौधरी र शंकर कृष्ण घायलको संगीत रहने छ ।

पछिल्लो समयका चल्तीका कलाकारहरु राखेर निर्माण हुन लागेको चलचित्रमा पारिवारिक कथालाई जोड दिईने छ भने तुलसी र रामको कथालाई विशेष प्राथमिकता दिएर अगाडी बढाउने निर्माण पक्षले जानकारी दिएको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com