सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – पेपरक्लिप प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘जनै हराएको बाहुन: सम्बन्धका धागाहरू’ को चलचित्र कथा झल्काउने एक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको छ । चलचित्र आउदो भदौ ६ गते प्रद्रशनमा आउने भएको छ ।
चलचित्र आमाको खोसिएको खुसी फर्काउन सम्पत्ति कमाउन घरबाट सहर पस्ने छोरोको कथा हो । आमाको खुसी फर्काउन उसले के–के गर्छ, त्यही यात्राको उतारचढाव को यात्रा रहेको छ । चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ ।
चलचित्रमा विजय बराल, अभिनेत्री केकी अधिकारी, मिरुना, मगर गौरव पहाडी, सुशांक मैनालीलगायतको मुख्य भूमिका छ । यस्तै चलचित्रमा भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
चलचित्रमा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहेका छन् । २०८२ सालको हरितालिका तीजमा दर्शकमाझ आउने फिल्म यो वर्षको अन्त्यसम्ममा फिल्म छायाँकनमा जानेछ ।
चलचित्र ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् भने उनको यो डेव्यु निर्देशन रहनेछ । चलचित्रको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । जो मुख्य भूमिकामा पनि छन् । चलचित्रको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन् ।
चलचित्रका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् । यस चलचित्रमा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक ‘ हुन् । भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहेका छन् ।
प्रतिक्रिया