सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – स्काइफल पिक्चर्सको प्रस्तुतिमा नयाँ नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा गरिएको छ । मंगलवार निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको छ ।
‘द ब्ल्यू लाइट’ लाई बलिराम चौहानले निर्देशन गर्नेछन् । चौहान चलचित्र ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशक हुन् । चौहानको यो डेब्यु निर्देशन हुनेछ ।
नरेन्द्र मैनालीको छायांकन रहने चलचित्र ‘द ब्ल्यू लाइट’ को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् ।
प्रतिक्रिया