सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ‘ए मेरो हजुर-५’ मा नायक अनमोल के सीले अभिनय गर्ने पक्का भएको छ । यो कुराको जानकारी आज सोमवार साँझ सामाजिक सञ्जालमा लेख्दै नायक अनमोल के सीले गराएका छन् , आफ्नो आगामी यात्राको बारेमा जानकारी गराउँदै लामो समयको बिश्राम पश्चात एउटा नयाँ अध्यायको सुरुवात गर्न लागेको बताएका छन् ।
‘म हजुरहरुमाझ ‘जेरी अन टप’,’बाटुलो जुन’ तथा ‘ए मेरो हजुर-५’ मार्फत नेपाली चलचित्र उद्योगमा नयाँ जोशका साथ हजुरहरुमाझ उपस्थित हुन लागेको यो खुशीको कुरा सुनाउन पाउँदा म निकै उत्साहित र हर्षित छु, उनले भनेका छन्-‘आजसम्मको मेरो यस नेपाली चलचित्र उद्योगमा साथ, सहयोग, सुभेच्छा र माया, हौसला र प्रेरणा प्रदान गर्नुृहुने मेरो निर्माता, निर्देशक, सहकर्मी मित्रहरु, टेक्निसियन, मिडिया तथा आदरणीय भगवानरुपी दर्शकहरुप्रति म कृतज्ञ छु ।’
आज सोमवार नै नायक केसीले चलचित्र ‘ए मेरो हजुर ५’ साइन गरेका छन् । सुहाना थापा इन्टरटेन्मेन्टले बनाउन लागेको चलचित्रको अनमोलले सोमवार अनुबन्धित भएका छन् । चलचित्रमा अनमोलको जोडीको रुपमा सुहाना थापाले अभिनय गर्नेछिन् । चलचित्रको छायांकन अनमोलको होम प्रोडक्सन ‘बाटुलो जुन’ को छायांकन सकिएपछि हुनेछ ।
प्रतिक्रिया