सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथा ’परालको आगो’मा आधारित चलचित्रमा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। चलचित्रका लागि उनी बिहीबार औपचारिक रूपमा अनुबन्ध भएका हुन्। निर्माण टिमका अनुसार, सौगात चलचित्रमा मुख्य पात्र ‘जुठे धमाई’ को भूमिकामा देखिनेछन्।

सौगात अनुबन्धसँगै चलचित्र ‘परालको आगो’को मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ। निर्माता सुशील  पोखरेलको लगानीमा बन्ने यस चलचित्रमा प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठ अनुबन्ध भइसकेका छन्।

त्यसैगरि चलचित्रको गीत–संगीत पक्षमा पनि सशक्त टोली रहने निर्माण टिमले जनाएको छ। गीत लेखनमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुत रहनेछन् भने संगीत वरिष्ठ संगीतकार शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुत रहनेछन्। चलचित्रको कथा मैनाली कथा पुरस्कार ट्रस्टको अनुमति लिएर निर्माण गर्न लागिएको हो। चलचित्रको निर्देशन लक्ष्मण सुनारले गर्ने छन् भने छायांकन आगामी भदाै २६ गतेदेखि म्याग्दी आसपासबाट सुरु गरिने निर्माण पक्षले जनाएको छ।

निर्माता पोखरेलका अनुसार, चलचित्र सामाजिक सन्देश दिने उद्देश्यसहित तयारीमा रहेको छ र हाल टिम पूर्ण उत्साहका साथ काममा जुटेको छ।  यो  चलचित्रको छायांकन  संकल्प भुजेलले गर्दैछन्। रामजी लामिछाने नृत्य निर्देशक,सुशील देवकोटाको लेखन र सुलक्षण भारतीको स्क्रिप्ट डक्टरिंग,संकल्प भुजेलको छायांकन र नगेन्द्र घिमिरे प्रोडक्सन म्यानेजर रहेका छन् । मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ यसअघि ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि चलचित्र निर्माण गरेका थिए।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com