सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेता, निर्माता सुवास थापाको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘फ्रेनीया’ को टिजर सार्वजनीक गरिएको छ । ‘कोही मेरो’, ‘तोरी लाहुरे’, ‘ब्रेकफेल’, ‘सरि ल’, ‘तथास्तु’, ‘बिर्खेलाई चिन्छस्’ लगायतका चलचित्रका अभिनेता सुवासको ‘फ्रेनीया’ अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुलाई लक्षित गरि निर्माण गरेको बताएका छन् ।

एक दशकयता अमेरिकामा बस्दै आएका सुवासले त्यहाँ पनि कलाकारितालाई निरन्तरता दिइरहेका छन् । उनले त्यहाँ ‘जिन्दगानी’, ‘तिमी आफ्नो’, ‘कुल्चिहिड्छन फूललाई’ लगायतका म्युजीक भिडियो तथा केही सर्ट फिल्म र सिरिजमा अभिनय गरेका छन् । एक चित्रकारको मनोबैज्ञानीक संघर्ष र सृजनाको बिषयमा निर्माण गरिएको ‘फ्रेनीया’ जम्मा २० मिनेट लामो छ । सुवास स्वयम्को निर्देशन रहेको सर्ट फिल्मको निर्मातामा सुवास थापा, सुप्रिम बास्कोटा, नरेन्द्र साउद, हेमन्त न्यौपाने र बेजान फरामार्जी छन् भने सुवर्ण थापा र नारायण पुरी कार्यकारी निर्माता छन् ।

बेजान फरामार्जीले खिचेको फिल्म पेगासस इन्टरटेन्मेन्टले निर्माण गरेको हो । सर्ट फिल्मम सुवास स्वयम् मुख्य भूमिकामा छन् । ‘बिर्खेलाई चिन्छस्’ निर्माण गरेका सुवास अर्काे बर्ष नयाँ नेपाली फिचर फिल्म निर्माण गर्ने योजनामा छन् ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com