सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्र ‘माइतीघर’ को ‘बशन्त नै बस्न खोज्छ ..  माइतीघर’ गीत सार्वजनिक भएको छ ।

‘बशन्त नै बस्न खोज्छ ..माइतीघर’ओरिजिनल स्वर आशा भोस्लेको रहेता पनि अहिले चलचित्रको लागि संजीवनीको स्वरमा रहेको गीतको शब्द बरिष्ठ गीतकार किरन खरेलको रहेको छ भने संगीत स्वर्गीय जयदेवलर दिएका छन् र अहिलेकोलागि अरेंजर रिकेश गुरुङ ले गरेका छन्

निर्माणपक्षले सार्वजनिक गीतमा चलचित्रका मुख्य नायिकाद्वय उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पालाई समावेश गर्दै उक्त गीत तयार पारेको छ । उक्त गीतको नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् ।

मिलन तामाङको निर्देशनमा तयार भएको चलचित्रमा रविन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र निरज कटुलाल चलचित्रका कार्यकारी निर्माता हुन् ।

रोहित अधिकारीको प्रस्तुतिमा तयार भएको चलचित्रमा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गिय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन, साहिल खानको ट्रेलर समायोजन छ ।

चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्र ‘माइतीघर’ले तामाङ संस्कृतिको कथालाई समेत उठान गरेको छ । चलचित्र उत्कृष्ट बनेको भन्दै निर्माता रोहित अधिकारीले प्रचारप्रसारमा पनि कुनै कमी नगर्ने बताएका छन् । रोहितले यसअघि निर्माण गरेका ‘गाजलु, छ माया छपक्कै, फर्की फर्की’लाई पनि दर्शकले रुचाएका थिए ।

चलचित्र दशैंको फूलपातिको अवसर पारेर असोजको १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com