सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । कलाकार तथा निर्माता दीपकराज गिरीले सरकारप्रतिको अन्धसमर्थन र अन्धविरोधको प्रवृत्ति नहटेसम्म देश उँभो लाग्न नसक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गिरीले सरकारलाई जसरी पनि गाली गर्नुपर्छ भन्ने र सरकारले जे गरे पनि समर्थन गर्नुपर्छ भन्ने दुवै सोच अतिवादी भएको बताएका हुन् । यी दुवै प्रवृत्ति नहटेसम्म देशको विकास सम्भव नहुने उनको भनाइ छ ।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री स्वर्णीम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भारत भ्रमणका क्रममा खिचिएको तस्बिर सार्वजनिक गर्दै ‘देश उँभो लगाउने टोली’ लेखेका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लक्षित गर्दै गिरीले सरकारको अन्धविरोध र अन्धसमर्थन दुवै गलत भएको धारणा राखेका हुन् ।

उनले लेखेका छन्, ‘सरकारलाई जसरी पनि गाली नै गर्नुपर्छ भनेर गाली गर्ने र सरकारलाई जे गरे पनि समर्थन गर्नुपर्छ भन्ने यी दुवै अतिवादी सोच नहटेसम्म देश कहिल्यै उँभो लाग्दैन ।’

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com