सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । नयाँ पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्कासँगै डेब्यु अभिनेता विशाल देवकोटा देखिएका छन् । निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा स्वस्तिमा र विशाललाई जोडीको रुपमा प्रस्तुत गरेको छ ।