सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

बिकास रौनियार / सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भारतीय अभिनेत्री तथा कथक नृत्यांगना स्मृति मिश्रसँगको करिब तीन दशक पुरानो भेटको हुँदा क्षण मेरो स्मरणमा अझै ताजा छ । सन् १९९३ तिर म भारतीय दूतावासको निमन्त्रणामा उनी काठमाडौंस्थित रुसी सांस्कृतिक केन्द्रमा आयोजित एक सांस्कृतिक कार्यक्रमको तस्बिर खिच्न पुगेको थिए। कार्यक्रममा चर्चित अभिनेत्री स्मृति मिश्रले कथक नृत्य प्रस्तुत गरेकी थिइन् ।

मिश्रको नृत्यबाट प्रभावित भएर नृत्य प्रस्तुत गरिरहँदा उनको तस्बिर खिच्न निकै मन लागेको थियो । कार्यक्रमको अन्त्यमा स्वर्गीय सुशीला कोइरालाले मिश्रलाई उपहार प्रदान गरेको पनि गरेका थिए ।

त्यसको एक वर्षपछि ‘शाङ्ग्रिला’ फिल्मको मुस्ताङ छायांकनका क्रममा अभिनेता अनुप सोनीमार्फत मैले मिश्रबारे थप जानकारी पाएको थिएँ । सोनीले मिश्रले ‘इस रात की सुबह नहीं’ र फ्रेन्च फिल्म ‘गङ्गा’ लगायतका फिल्ममा अभिनय गर्नुका साथै नाट्य मञ्चमा समेत प्रस्तुति दिइसकेको छन्।

मिश्रलाई भेटेर उनको कथक नृत्य आफूलाई निकै मन परेको बताउने इच्छा लामो समयदेखि थियो । अन्ततः मिश्रले फेसबुकमा उनको ‘फ्रेन्ड रिक्वेस्ट’ स्वीकार गरेपछि आफ्नो त्यो इच्छा पूरा भयो ।

स्मृति मिश्रको फिल्म यात्रा

उत्तर प्रदेशको बनारसकी बासिन्दा स्मृति मिश्र कथक नृत्यांगना पनि हुन् । उनले २३ वर्षको उमेरमा सन् १९९६ मा ‘जया गंगा’ फिल्ममार्फत अभिनय यात्रा सुरु गरेकी थिइन्। समीक्षकबाट प्रशंसा पाएको उक्त फिल्म विश्वका विभिन्न फिल्म महोत्सवमा प्रदर्शन भएको थियो।

त्यसै वर्ष प्रदर्शनमा आएको ‘सरदारी बेगम’ले ४४औँ राष्ट्रिय फिल्म पुरस्कारमा ‘उर्दु भाषाको उत्कृष्ट फिचर फिल्म’को पुरस्कार जितेको थियो। मिश्रले अभिनय गरेको ‘इस रात की सुबह नहीं’ पनि सन् १९९६ मै प्रदर्शनमा आएको थियो। उक्त फिल्म अभिजीत घोषको पुस्तक ‘४० रिटेक्स : बलिउड क्लासिक्स यु मे ह्याभ मिस्ड’मा समावेश गरिएको थियो। फिल्मले विभिन्न पुरस्कारसमेत जितेको थियो।

मिश्र सन् १९९८ मा ‘ट्रेन टु पाकिस्तान’मा देखिएकी थिइन्। समीक्षकबाट प्रशंसा पाएको उक्त फिल्म भारतबाहिरका विभिन्न फिल्म महोत्सवमा समेत प्रदर्शन भएको थियो। सन् २००१ मा उनले ‘जुबैदा’मा सरदारी बेगमको भूमिका निर्वाह गरेकी थिइन्।

सन् २००२ को वृत्तचित्र ‘इन्डिया : किङडम अफ द टाइगर’मा उनी भारतीय महिलाको भूमिकामा देखिएकी थिइन्। त्यसपछि उनी भारत–फ्रान्सेली फिल्म ‘वन डलर करी’मा अभिनय गरिन्। विजय सिंहद्वारा निर्देशित उक्त फिल्म उनको दोस्रो फिल्म थियो।

सन् २००५ मा प्रदर्शनमा आएको ‘कल : यस्टरडे एन्ड टुमरो’ ‘ओसियन्स सिनेफ्यान फेस्टिभल अफ एसियन सिनेमा’मा प्रदर्शन भएको थियो। त्यसपछि उनले लस एन्जलसमा बस्ने भारतीय मूलकी निर्देशक अपर्णा मल्लाडीको फिल्म ‘मिटसेन’मा अभिनय गरिन्। उक्त फिल्म ‘मोक्ष’को कथामा आधारित थियो। फिल्ममा मागी विवाहपछि भारत छोडेर अमेरिका जाने एक महिलाको कथा प्रस्तुत गरिएको थियो।

‘मिटसेन’को अन्तर्राष्ट्रिय प्रिमियर भारतको ११औँ मुम्बई अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा गरिएको थियो। त्यस्तै, फिल्म सन् २०१० मा विस्कन्सिनमा आयोजित ‘बेलोइट अन्तर्राष्ट्रिय फिल्म महोत्सव’का लागि समेत आधिकारिक रूपमा छनोट भएको थियो।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com