सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – दीपक रौनियार द्वारा निर्देशित चलचित्र ‘राजागञ्ज’ फ्रान्सका ६० भन्दा बढी हलहरुमा एकसाथ रिलिज भएको छ । भेनिसमा वल्र्ड प्रिमियर भएको चलचित्रको अंग्रेजी नाम ‘पूजा, सर’ हो । अन्तर्राष्ट्रिय सिनेमाको केन्द्र मानिने फ्रान्समा यति धेरै हलमा नेपाली फिल्म रिलिज भएको यो पहिलोपटक हो